साधना लघुवित्तको बजेट समीक्षा र अभिमुखीकरण

साधना लघुवित्तको बजेट समीक्षा र अभिमुखीकरण

साधना लघुबित्त बित्तीय संस्था लिमिटेड केन्द्रीय, कार्यालयको आयोजनामा बजेट समिक्षा तथा अभिमुखीकरण तालिम होटल ब्याम्बो प्यालेसमा सम्पन्न गरेको छ । 

बित्तीय संस्थाले सेबा प्रबेश गर्ने नबनियुक्त कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न, सिकाइस्तर, अधारभुत ज्ञान, बित्तिय अनुशासन कायम गर्न साथै गतआ.ब २०७४/०७५ को बार्षिक लक्ष्य तथा प्रगतीको अबस्था एबम् आ.ब २०७५/०७६ को बार्षिक लक्ष्य, बजेट कार्यन्वयन र लक्ष्य प्राप्तीमा चाल्नुपर्ने कदमहरुको बारेका स्पष्ट पार्न समिक्षा तथा अभिमुखीकरण तालिम आयोजना गरिएको संस्थाका प्रमुखकार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।

तालिममा बित्तीय संस्थाकी मानब संसाधन तथा प्रशासन बिभाग प्रमुख सरिता ढकालले बित्तीय संस्थाको नीत, नियम, सेवा सुबिधा, प्रशासनिक ब्यबस्थापनको बारेमा जानकारी दिएकी थिइन् । 

यस्तै, विभागीय प्रमुखहरु रुपेशकुमार झा,  रामप्रसाद लामिछाने तथा किरण श्रेष्ठले लेखा ब्यबस्थापन, सफ्टवेयर, पि.जि.टी निर्देशिका, मास मोटिभेसन, बचत तथा कर्जा नीति, कर्जा बिश्लेषण तथा कर्जा सदुपयोगिताको बारेमा सहभागीहरुलाई सहजीकरण गरेका थिए ।

तालिमको समापन गर्दै प्रमुखकार्यकारी अधिकृत रेशम न्यौपानेले ग्रामीण क्षेत्रमा बित्तिय साक्षरता, बित्तिय चेतना, बैकिङ्ग पहुँच बृद्धि तथा बिस्तारमा लघुबित्तले महत्बपूर्ण भूमिका निर्बाह गरेको बताउँदै संस्थालाई थप मजबुत र बलियो बनाउन ग्रामीण क्षेत्रमा थप शाखा बिस्तार गरी गुणस्तरीय सेबा प्रबाह गर्न संस्था प्रतिबद्ध रहेको बताए ।

२०७४ कात्र्तिक २२ गतेबाट बित्तीय कारोबार शुरु गरेको यस वित्तीय संस्थाले  आ.व.२०७४/०७५ मा आफूलाई अब्बल साबित गर्दै हालसम्म २० वटा शाखा कार्यालयहरुबाट ग्रामीण तथा विपन्न वर्गका करिब ११,००० सदस्यहरुलाई बित्तीय सेबा प्रदान गर्दै आइरहेको छ ।