साधना लघुवित्त वित्तीय संस्थाको चालु आ.ब.को तेस्रो त्रैमासको रिपोर्ट सार्बजनिक l

साधना लघुवित्त वित्तीय संस्थाको चालु आ.ब.को तेस्रो त्रैमासको रिपोर्ट सार्बजनिक l

साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ९० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ६७.२३% धेरै हो । गत वर्ष यस कम्पनीले १ करोड १४ लाख १६ हजार रुपैयाँ नाफा कमाएको थियो । यस खुद ब्याज आम्दानी पनि ३ करोड १९ लाख रुपैयाँबाट बढाएर ७ करोड ५० लाख ७२ हजार रुपैयाँ पुर्याएको छ । यसरी खुद ब्याज आम्दानीमा आकर्षक सुधार हुँदा खुद नाफामा पनि सकारात्मक प्रभाव परेको हो ।

यता, कम्पनीको सञ्चालन नाफा भने थोरैले घटेको छ । गत वर्ष १ करोड २६ लाख ७२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको यस कम्पनीको यो त्रैमासमा घटेर १ करोड २० लाखमा झरेको छ । चैतसम्म ४३ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरेको यसले १ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसको खराब कर्जा अनुपात भने बढेको छ । गत वर्ष ०.०२% रहेको साधनाको खराब कर्जा अनुपात यो त्रैमासमा बढेर १.६७% पुगेको छ ।

यस कम्पनीले आइपीओ ल्याउने तयारी गरेको छ । यसका लागि साधनाले रेटिङ पनि गराइसकेको छ । यस आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । साधनाले प्रतिकित्ता १०० रुपैयाँ दरमा ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा अनुमति समेत मागिसकेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।