साधना लघुवित्तले हकप्रद सेयर जारीगर्ने

साधना लघुवित्तले हकप्रद सेयर जारीगर्ने

गोरखामा केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ ।
संस्थाको शनिवार सम्पन्न दोस्रो बार्षिक साधारण सभाले १ कित्ता बरावर १.०५ पाँचकित्ता हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । हकप्रद शेयर जारि पछि वित्तीय संस्थाको चुक्तापूँजी १० करोड चार लाख पचास हजार पुग्ने प्रमुख कार्य कारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।
संस्थाले गाम्रिण क्षेत्रमा विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको उनले बताए । संस्थाले हालसम्म २६ वटा शाखा कार्यालय मार्फत १८ हजार ५ सय भन्दा बढि सदस्यहरुलाई समुहमा आबद्द गराई १० हजार नागरीकलाई ६५ करोड कर्जा लगानी गरेको छ । संस्थाले आगामी दिनमा ग्रामीण क्षेत्रहरुमा थप शाखा विस्तार गर्ने लक्ष्य लिएको छ ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संचालक हरि प्रसाद अर्याल, नेपाल ब्रोकर एसोसियसन का पुर्व अध्यक्ष प्रियराज रेग्मी, संस्थाकी वरिष्ठ प्रवन्धक सरिता ढकालले लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका साधना लघुवित्त कार्यालयले जनाएको छ ।