साधना लघुवित्तले ७.०७ लाख कित्ता आइपीओ ल्याउने, त्यसपछि ५०% हकप्रद पनि

IPO
साधना लघुवित्तले ७.०७ लाख कित्ता आइपीओ ल्याउने, त्यसपछि ५०% हकप्रद पनि

साधना लघुवित्तले ७ लाख ७ हजार ८०० कित्ता आइपीओ जारी गर्ने भएको छ । 

यो लघुवित्त वित्तीय संस्थाको गोरखाको होटल बिसौनीमा शनिवार सम्पन्न तेश्रो वार्षिक साधारणसभाले आइपीओ निश्कासनको प्रस्ताव पारित गरेको हो । 

यो कम्पनीले जारी पूँजीको ३२.५ प्रतिशतले हुन आउने ७ लाख ७ हजार ८०० कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने भएको हो । 

आइपीओपछि कम्पनीको चुक्तापूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको उचाईमा पुग्नेछ । 

कम्पनीले यसरी कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने विशेष प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । 

यस्तै, यो कम्पनी समेत भबिष्यमा अन्य कुनै लघुबित्त बित्तीय संस्थासँग मर्जर वा एक्वीजिसनमा जाने निर्णय समेत गरेको छ । यस्तो काम गर्ने अधिकार संचालक समितिलाई दिइएको छ । 

यो कम्पनी २०७६ मंसिर ११ गतेदेखि राष्ट्रियस्तरमा स्तोरोन्नति भई संचालनमा आएको हो । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेका अनुसार हाल ४७ बटा शाखा कार्यालय मार्फत करिब ४१ हजार घरधुरीलाई बित्तीय सेवा प्रदान गरिरहेको छ ।