साधना राष्ट्रिय स्तरको लघुबित्तमा स्तरोन्नति

साधना राष्ट्रिय स्तरको लघुबित्तमा स्तरोन्नति

दश जिल्ले कार्यक्षेत्र रहेको साधना लघुवित्त वित्तीय संस्थाले नेपालभर कार्यक्षेत्र रहने गरी वित्तीय कारोबार सञ्चालन गर्ने  अनुमति राष्ट्र बैंकबाट पाएको छ ।

साधना लघुवित्त वित्तीय संस्था,कम्पनी ऐन २०६३अन्तर्गत मिति २०७४ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमापब्लिक लिमिटेड कम्पनीको रुपमादर्ता भई मिति २०७४ कार्तिक १३ गते नेपाल राष्ट्र बैंकवाट घ वर्गको वित्तीय संस्थाको रुपमा १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको वित्तीय कारोवार गर्न इजाजतपत्रप्राप्त गरी मिति २०७४ कार्तिक २२ गतेबाट गोरखा नगरपालिका, वडा नं ६, हरमटारीमा केन्द्रीय कार्यालयवाट वित्तीय कारोवार गर्दै आएकोमा नेपाल राष्ट्र बैंकको मिति २०७६ मंसिर ११ गतेको पत्रअनुसार नेपालभर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार सञ्चालन अनुमति प्राप्त भई राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थामा स्तरोन्नति भएको छ ।

साथै वित्तीय संस्थाको हाल केन्द्रीय कार्यालय साविककै स्थान गोरखा नगरपालिका ६, हरमटारी गोरखामा रहने र नाम सधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने जानकारी वित्तीय संस्थाको अध्यक्ष कृष्ण वहादुर थापाले बताए ।

संस्थाको कुलनिक्षेप रु ४० करोड, कुल लगानी १ अरव ४५ करोड, शाखा संख्या कुल ४७, सदस्य संख्या ३८,००० रहेको छ । वित्तीय संस्थाको हालको चुक्तापूँजी रु १४ करोड ७० लाख रहेको छ । सर्वसाधारण शेयर जारी पश्चात् संस्थाको चुक्तापूँजी २१ करोड रहने जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेले बताए ।