साधना लघुवित्त वितीय संस्थाद्वारा मानवसेवामा भोजन l

साधना लघुवित्त वितीय संस्थाद्वारा मानवसेवामा भोजन l

साधना लघुवित्त वितीय संस्था लिमिटेडले दोस्रो बार्षिक उत्सवको अवसरमा बुधवार मानवसेवा आश्रममा विशेष भोजन गराएको छ ।

मानवसेवा आश्रम रहेका बालवालिकाहरुलाई संस्थाले उक्त भोजमा सरिक गराएको थियो । कार्यक्रममा उक्त संस्थाका रेशम न्यौपाने, सरिता ढकाल, राम प्रसाद लामिछाने, किरण श्रेष्ठ, मधु घर्ती, टंकप्रसाद शिवाकोटी, विवेक कुमार पौडेल, चिरञ्जीवी चापागाईं र सन्जिता श्रेष्ठज्युको उपस्थिती रहेको थियो ।

नेपालको सडकपेटी र सार्वजनिक स्थलहरुमा कोहि पनि मानवहरु एक छाक खाना र एक सरो नानाको अभावमा कष्टकर जीवन बिताउन नपरोस् भन्ने उदेश्यका साथ स्थापना भएको मानवसेवा आश्रम दुई वर्ष यता गोरखामा पनि संचालित छ ।