साधना लघुवित्त र आर्थिक समृद्धि लघुवित्तको एकीकृत कारोबार सोमबारबाट

साधना लघुवित्त र आर्थिक समृद्धि लघुवित्तको एकीकृत कारोबार सोमबारबाट

प्राप्ति प्रक्रिया पूरा भएपछि साधना लघुवित्त वित्तीय संस्था वित्तीय संस्था लिमिटेड र आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । 

नेपाल राष्ट्र बैंकले गत असार २५ गते साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्त प्राप्ति (एक्विजिसन) को अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिस्टरको कार्यालयले पनि गत असार २७ गते अन्तिम स्वीकृति दिएपछि दुवै कम्पनीले साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा सोमबारदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । 

यो लघुवित्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको मान्यता पाएको छ । प्राप्ति प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चलरअचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डीडीए) आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात साधना लघुवित्तले १००ः८० को अनुपातमा आर्थिक समृद्धि लघुवित्तलाई प्राप्ति गरेको हो । यसको मतलब साधना लघुवित्तमा गाभिएपछि आर्थिक समृद्धि लघुवित्तका सेयरधनीहरुले १०० कित्ताबराबर ८० कित्तामात्र सेयर पाउने छन् । 

प्राप्ति प्रक्रियापछि बनेको नयाँ कम्पनीले चुक्तापुँजी सतप्रतिशत हकप्रद सेयर निकाल्ने निर्णय यसअघिको विशेष साधारणसभाबाट भइसकेको छ । सतप्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर १४.७० करोड पुग्नेछ ।