साधनाको समिक्षा र तालिम

साधनाको समिक्षा र तालिम

साधना लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समिक्षाका साथै शाखा प्रमुखहरुलाई जोखिम ब्यवस्थापन तालिम दिएको छ । माघ १९ र २० गते होटल बन्दिपुर प्यालेस तनहुँमा कार्यक्रम भएको हो । संस्थाले हालसम्म १४ करोड भन्दा बढी निक्षेप संकलन गरी करीब ६८ करोड कर्जा लगानी गरेको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए । संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अधयक्षतामा भएको कार्यक्रममा संचालक विकास ढुङ्गाना, पुर्व अध्यक्ष प्रकाशजंग थापा र पराक्रम शर्माले तालिममा सहजिकरण गरेका थिए ।