अधिकांश सूचकमा साधना लघुवित्तको फड्को, नाफामा २३४%को छलाङ

अधिकांश सूचकमा साधना लघुवित्तको फड्को
अधिकांश सूचकमा साधना लघुवित्तको फड्को, नाफामा २३४%को छलाङ

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३४ प्रतिशतले बढाउन सफल भएको छ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १ करोढ ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ५६ लाख ८३ हजार रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिमा संस्थाले २ करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ८९ करोड १७ हजार रुपैयाँ रहेको थियो । 

दोस्रो त्रैमास संस्थाको खुद ब्याज आम्दानी ५ करोड ५२ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

समीक्षा अवधिमा संस्थाले ३९ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १२ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६५ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

दोस्रो त्रैमासमा संस्थाले जगेडा कोष ६११.५८ प्रतिशतले बढाएर ४ करोड ७ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यही अवधिमा संस्थाले जगेडा कोषमा ५७ लाख २७ हजार रुपैयाँ रहेको थियो ।

संस्थाको चुक्तापुँजी १४ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ४ करोड ९० लाख रुपैयाँ रहेको थियो ।