साधनाको पहिलो बार्षिक उत्सव

साधनाको पहिलो बार्षिक उत्सव

साधना लघुवित्त वित्तीय संस्थाले स्थापनाको दोस्रो बर्ष धुमधामका साथ मनाएको छ । बार्षिक उत्सवको अवसरमा साधनाले रक्तदान कार्यक्रम, महिला शसक्तिकरण, बित्तीय साक्षरताकालागी पदयात्रा तथा बित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो । बित्तीय संस्थाका अध्यक्ष कृष्ण थापाको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रमा प्रमुख अतिथि प्रजिअ भट्टराई, गोरखा नगरपालिकाकी उपमेयर बिना कुमारी श्रेष्ठ, संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा उत्कृट कर्मचारीहरु प्रमोद अर्याल र अलि अस्गर मियालाई उत्कृष्ठ कर्मचारी पुरस्कार २०७५ प्रदान गरिएको थियो । साथै रञ्जु श्रेष्ठलाई उत्कृष्ठ सदस्यको रुपमा सम्मान गरिएको थियो । १० जिल्ला कार्यक्षेत्र भएको साधना लघुबित्त बित्तीय संस्थाले कार्तिक मसान्त सम्ममा २५ बटा शाखा कार्यालयबाट १६ हजार ११ घरपरिबारलाई बित्तीय सेबा प्रबाह गरिरहेको छ ।