साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. ढकाल नियुक्त

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. ढकाल नियुक्त

गोरखा । गोरखा जिल्लामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि.को स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त हुनुभएको छ । तत्कालिन कसमस डेभलपमेण्ट बैंकका अध्यक्ष डा.ढकाललाई वित्तीय संस्थाको आषाढ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

Administrative Science विषयमा विद्यावारिधि गर्नुभएका डा.ढकाल विगत ३० वर्ष देखि प्राध्यापन र अनुसन्धान क्षेत्रमा आवद्ध रहँदै आउनु भएको छ । साथै उहाँसंग साविक कसमस डेभलपमेण्ट बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा ६ वर्ष काम गरेको अनुभव छ ।