साधना लघुवित्तलाई आईपीओ निष्काशन गर्न बाेर्डले दियाे अनुमति

साधना लघुवित्तलाई आईपीओ निष्काशन गर्न बाेर्डले दियाे अनुमति

साधना लघुवित्त (SADHANA) ले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई आईपीओ निष्काशन गर्न असार ७ गते अनुमति दिएको हो ।

लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्नेछ । संस्थाले चुक्ता पुँजीको ३२.५ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । बाँकी संस्थापक लगानी रहेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमइ क्यापिटल रहेको छ।

आईपीओ बिक्री पश्चात कायम चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको ५० प्रतिशत हकप्रद समेत जारी गर्ने तयारी छ । साढे १० लाख कित्ताभन्दा धेरै हकप्रद निषकाशन पछि लघुवित्तकाे चुक्ता पूँजी ३२ करोड नाघ्नेछ।