साधना लघुवित्तद्धारा सदस्यहरुलाई स्वास्थ्य सामाग्री बितरण

साधना लघुवित्तद्धारा सदस्यहरुलाई स्वास्थ्य सामाग्री बितरण

गोरखा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै साधना  लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य जनचेतना जगाउनुका साथै माक्स, स्यानिटाईजर, साबुन लगायतका स्वास्थ्य सामाग्री कर्मचारी मार्फत स्वास्थ मापदण्डका नियम पुर्ण रुपमा अपनाई बितरण गरेको छ । 

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको यस  साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले सदैब आफ्ना ग्राहकलाई सहयोग गर्दै आएको छ। यस्तो बिषम परिस्थितिमा पनि संस्थाले गरेको सहयोग प्रति ग्राहकहरु अत्यन्तै आभार ब्यक्त गरिरहेका छन् ।