मनकारी घरधनीहरुलाई साधना लघुबित्तको सम्मान l संस्था रहे मात्र स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने l

मनकारी घरधनीहरुलाई साधना लघुबित्तको सम्मान l संस्था रहे मात्र स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने l

साधना लघुबित्त बित्तीय संस्था लिमिटेडले १ महिनाको घर भाडा छुट गरी बित्तीय संस्थालाई सहयोग गर्ने बिभिन्न शाखा कार्यालयका घरधनीहरुलाई सम्मान गरेको छ । बित्तीय संस्थाको शाखा कार्यालय हाँडीखोलाका घर धनी श्री नरहरीनन्दन उप्रेती, शाखा कार्यालय बुढाथुमका घरधनी श्री श्याम बहादुर अधिकारी, शाखा कार्यालय मजुवाका घरधनी श्री तुल्सी कामी, शाखा कार्यालय लुम्बिनीका घरधनी यूधिष्टी चौधरी, शाखा कार्यालय ठोरीका घरधनी श्री बिष्णु बिष्ट र शाखा कार्यालय ब्रहमपुरीका घरधनी श्री उपेन्द्र गुप्तालाई बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिृकृत रेशम न्यौपानेले प्रंशशा पत्रद्धारा सम्मान गर्नुभएको थियो । कोरोना माहामारीले बिश्ब तथा राष्ट्रिय अर्थतन्त्र नै धरासयी भई बित्तीय संस्थाको कुनै पनि आर्थिक गतिबिधी सञ्चालन नभएको साथै बित्तीय संस्थाको संरक्षण तथा संर्बधन गर्नु घरधनीहरुको जिम्मेबारी भएकोले पनि बित्तीय संस्थालाई १ महिनाको घर भाडा छुट गरिएको हाँडीखोला शाखा कार्यालयका घरधनी श्री नरहरी नन्दन उप्रेतीले जानकारी दिनुभयो । संस्था रहे मात्र स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने, समुदायमा आर्थिक क्रियाकलाप हुने भएकाले र संस्था रहे मात्र हामी रहन्छौ भन्ने बुझाईले १ महिनाको घरभाडा छुट गरिएको शाखा कार्यालय बुढाथुमका घरधनी श्री  श्याम बहादुर अधिकारीले बताउनुभयो। बिश्बयापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागी नेपाल सरकारले लकडाउन गरे संगै बित्तीय संस्थाको सम्पूर्ण कार्यक्रम स्थगीत गरिएको थियो । कोरोना भाईरसले सिर्जना गरेको मानबीय क्षती तथा आर्थिक संकटका बिच पनि बित्तीय संस्थाले असार १ गते बाट सम्पुर्ण शाखा कार्यालयहरु सुचारु गरी बित्तीय सेबा प्रदान गरिरहेको र घरधनीहरुको यस प्रकारको सहयोग तथा बिश्बासले बित्तीय संस्थाले अझ थप बित्तीय सेबा प्रदान गर्न हौसला मिलेको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताउनुभयो ।

                       सर्बसाधरणका लागी प्रथमिक शेयर (IPO) जारी गर्ने अन्तीम तयारीमा रहेको यस बित्तीय संस्थाले ग्रामीण तथा दुर दराजका ६० शाखा कार्यालय मार्फत करिब ४६५०० सदस्यहरुलाई प्रत्यक्ष बित्तीय सेबा उपलब्ध गराउँदै आईरहेको छ ।