साधना लघुबित्तका सबै कर्मचारीहरुको कोरोना बिमा l

साधना लघुबित्तका सबै कर्मचारीहरुको कोरोना बिमा l

साधना लघुबित्त बित्तीय संस्थाले बित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरको कोरोना बिमा गराएको छ । बिश्बब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको सम्भाबित जोखिमलाई न्यूनीकरण गर्न सरकारले गत चैत्र ११ गते देखी लकडाउन गरेको कारण जनजिबनहरु प्रभाबित भई राष्ट्रको अर्थतन्त्र नै कमजोर बनेको बर्तमान परिबेशमा बित्तीय संस्था र बित्तीय संस्थामा आबद्ध सदस्यहरुको बिचमा प्रत्यक्ष सम्पर्क रही बित्तीय संस्थाको खम्बाको रुपमा रही प्रभाबकारी सेबा प्रबाहमा अनबरत लागी पर्ने कर्मचारीहरुको स्बास्थ्य संबेदनाशीलतालाई मध्यनजर गरी हुनसक्ने जोखिमको रक्षाबरणका लागी प्रति कर्मचारी रु ५०,०००/ बराबरको सामुहिक कोरोना बिमा गरिएको  बित्तीय संस्थाका  प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेले जानकारी दिनुभयो ।

साधना लघुबित्त बित्तीय संस्था लि र एभरेष्ट ईन्सुरेन्स कम्पनी लि बिच कोरोना बिमाको सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीलाई कोरोना रोगको संक्रमण भई पि.सि.आर परिक्षण पोजेटिभ रिर्पाेट आएमा ईन्सुरेन्स कम्पनीले तोकिएको बिमा दाबी भुुक्तानी गर्ने छ ।

गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको यस बित्तीय संस्थाले २१ जिल्लाको दुर्गम तथा ग्रामीण क्षेत्रमा ६० शाखा कार्यालयबाट करिब ४६००० घरधुरीलाई प्रत्यक्ष बित्तीय सेबा उपलब्ध गराईरहेको छ ।