साधना लघुवित्तद्वारा कोरोनाबाट सम्भावित जोखिम न्यूनिकरण गर्नका लागि सात पालिकालाई सहयोग हस्तान्तरण l

साधना लघुवित्तद्वारा कोरोनाबाट सम्भावित जोखिम न्यूनिकरण गर्नका लागि सात पालिकालाई सहयोग हस्तान्तरण l

साधना लघुवित्त वित्तीय संस्थाले गोरखाका बिभिन्न स्थानीय तहहरुलाई कोरोनाबाट सम्भावित जोखिम न्यूनिकरण गर्नका तथा लकडाउनका लागि समस्यामा परेका समुदायलाई खाद्यान्न राहतका लागि आर्थिक सहायता प्रदान गरेको छ ।

गोरखामा प्रधान कार्यालय रहेको सो संस्थाले गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेनथापा गाउँपालिका, शहिदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र धार्चे गाउँपालिका गरी आठ वटा स्थानीय तहलाई रु ५० हजारका दरले चारलाख रुपैंया राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।

शुक्रबार जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा पालुङटार नगरपालिका, भिमसेनथापा गाउँपालिका, शहिदलखन गाउँपालिका, बारपाकसुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र धार्चे गाउँपालिका गरी ७ वटा पालिकालाई रु ५० हजारको दरले कूल रु ३ लाख५० हजार रुपैंया राहत स्वरुप प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृ न्यौपानेले जानकारी दिए ।
रु ५० हजार रकमको चेक संस्थाका सिइओ न्यौपानेले भिमसेनथापा गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद पाण्डे, शहिदलखन गाउँपालिका वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठ, पालुङटार नगरपालिकाका प्रतिनिधि सुवन शर्मा, सिरानचोक गाउँपालिकाका प्रतिनिधि केशरसिंह बस्नेतलाई हस्तान्तरण गरिएको थियो । बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका एवं धार्चे गाउँपालिकाको सहयोग रकम जिल्ला समन्वय समितिकी उप–प्रमुख जानुका अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

सहयोग रकम ग्रहण गर्दै जिल्ला समन्वय समितिकी उप–प्रमुख जानुका अधिकारी, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद पाण्डे एवं शहिदलखन गाउँपालिका वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठले यस साधना लघुवित्तले आफ्नो वित्तीय कारोवारको साथै सामाजिक रुपमा पनि सक्रिय रही स्थानिय निकायहरुलाई प्रदान गरेको यस आर्थिक सहयोगप्रति हार्दिक आभार प्रकट गरेका थिए ।
वित्तीय संस्थाले बिहिबार गोरखा नगरपालिकालाई रु ५० हजार रकमको चेकप्रदान गरेको थियो ।